Radio Unity 92.2MHz

प्रेस युनियन डडेल्धुराका निवर्तमान अध्यक्ष अवस्थीले त्यागे संगठन

डडेल्धुरा: नेपाल प्रेस युनियन डडेल्धुरा शाखाका निवर्तमान अध्यक्ष टेकराज अवस्थीले संगठन परित्याग गरेको छन्।

सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै निवर्तमान अध्यक्ष अवस्थीले नेपाली कांग्रेस निकट संगठन छाडेको घोषणा गरेका हुन्। उनले साधारण सदस्यसमेत नरहने गरी संगठन परित्याग गरेको जनाएका छन्।

पत्रकार सम्मेलनमै उनले राजीनामा पत्र नेपाल प्रेस युनियन डडेल्धुराका उपाध्यक्ष योगेन्द्र रावललाई बुझाएका छन्।  उनले कांग्रेस पार्टी नीति र नियम अनुसार नचलेकाले सो पार्टी नजिक रहेको शुभेच्छुक संस्था प्रेस युनियन छाडेको बताए।

विगत एक वर्षदेखि सो पार्टीका क्रियाकलापबाट निरास हुँदै क्रियाशील सस्दय आवद्ध रहेको सो पार्टीको शुभेच्छुक संस्था प्रेस युनियन त्यागेको घोषणा गरे। उनले मंसिर ४ गतेसम्म कुनै पार्टी र संगठनमा आवद्ध नहुनेसमेत बताए। उनले कहिले पनि प्रेस युनियनमा नफर्किने पनि दाबी गरे।

अवस्थीले जारी गरेको विज्ञप्ति :

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।