Radio Unity 92.2MHz

डडेल्धुराका पाठक ‘प्रबल जनसेवाश्री’बाट विभूषित हुँदै

डडेल्धुराः डडेल्धुराका मुकेश पाठक विभूषित हुने भएका छन्। सरकारले संविधान दिवसको अवसर पारेर करिब १ हजार जनालाई विभूषण दिने निर्णय गरेकोमा पाठक पनि अटाएका हुन्।

उनलाई प्रबल जनसेवाश्री पदकबाट विभूषित गर्न लागिएको हो। अमरगढी नगरपालिका–५ सिलिङ्गधाराका इन्जिनियर पाठक उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा उपसचिव हुन्। महेन्द्र मावि खलंगाबाट एलएलसी उत्तीर्ण गरेका पाठक हाल संघीय राजधानी काठमाडौं बस्दै आएका छन्।

घोषणा गरिएको विभूषण नेपाली नयाँ वर्ष वैशाख १ गते राष्ट्रपतिबाट वितरण गरिन्छ। राष्ट्र र जनतााके पक्षमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउनेलाई हरेक वर्ष संविधान दिवसमा घोषणा गरेर वैशाख १ मा विभूषण वितरण गर्ने कानुनी व्यवस्था छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।