Radio Unity 92.2MHz

अमरगढीमा नगर स्तरीय हाजिरी जवाफ, माउन्टेन बन्यो पहिलो

डडेल्धुरा: डडेल्धुरा जिल्ला सदरमुकाममा अमरगढी नगरपालिका स्तरीय आधारभूत तह अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो। माउन्टेन इङ्लिस बोर्डिङ स्कुल बागबजारको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता मंगलबार सकिएको हो।

हाजिरी जवाफ प्रतियोगितामा आयोजक माउन्टेन स्कुल प्रथम भएको छ। उसले ट्रफीसहित नगद २ हजार ४ सय रुयैयाँ पाएको छ। दोस्रो भएको महेन्द्र माविले नगद १ हजार ८ सयसहित ट्रफी पाएको छ।

हाजिरी जवाफमा घटाल मावि नुवाकोट तेस्रो भएको छ। उसले ट्रफीसहित नगद १ हजार ५ सय रुयैयाँ पाएको छ। क्याम्ब्रिज पब्लिक स्कुलले सान्त्वना स्थान हात पारेको छ।

भदौं २९ गते परेको ५८औँ बाल दिवसका अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो। वर्षाले प्रतियोगिता प्रभावित गरेपछि मंगलबार पुनः आयोजना गरिएको विद्यालयले जनाएको छ।

मंगलबार अमरगढी नगरपालिकाका निवर्तमान नगरप्रमुख विशेश्वरप्रसाद ओझा, अमरगढीका शिक्षा शाखा प्रमुख हेमन्तराज पन्तको उपस्थितिमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको हो।

भदौं २९ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरीप्रसाद जोशीको सभापतित्त्व तथा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको प्रमुख आथित्यतामा उद्घाटन गरिएको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...