Radio Unity 92.2MHz

विश्व फार्मेसी दिवसमा ब्याडमिन्टन प्रतियोगिता

डडेल्धुरा: विश्व फार्मेसी दिवसको अवसरमा डडेल्धुरामा ब्याडमिन्टन प्रतियोगिता सम्पन भएको छ। आज डडेल्धुरा अस्पताल डडेल्धुराले विश्व फार्मेसी दिवस २०२२ अवसरमा आन्तरिक ब्याडमिन्टन प्रतियोगित सम्पन्न गरेको हो।

ब्याडमिन्टन प्रतियोगितामा डा चेतराज भट्ट, विवेक श्रेष्ठ, निलिमा ढुङ्गना, हेमराज जोशी, रमेश कलौनी, विष्णु उप्रेती, मोहनबहादुर देउवा, शिशिर नगरकोटी, खगेन्द्र बुढाऐर, प्रकाशचन्द बुढाऐर, डा नवीन खडका, सरोजकुमार बुढा, डा उर्मिला लामा, हिरा निरैला र रमेश भट्ट गरी १५ जनाको सहभागिता थियो।

जसमा पुरुषतर्फ महेशराज जोशी र रमेश कलौनी प्रथम भएका छन् भने पुरुषतर्फ नै डा चेतराज भट्ट र विवेक श्रेष्ठ द्धितीय भएका छन्। यसै गरी महिलामा निलिमा ढुङ्गनाले प्रथम स्थान हासिल गरेको कार्यक्रम संयोजक मोहन देउवाले जानकारी दिएका छन्।

ब्याडमिन्टन प्रतियोगिताका उत्कृष्ट खेलाडी डा नविन खड्का घोषित भएका छन्। अस्पताल फार्मेसी विभागमा अहिलेसम्म उत्कृष्ट काम गर्ने वसन्त घिमिरे र हिमाञ्चल भट्टलाई समेत दिवसका अवसरमा सम्मन गरिएको संयोजक देउवाले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...