डडेल्धुराः गाडीहरूले मनोमानी भाडा लिएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) डडेल्धुराले ज्ञापनपत्र बुझाएको छ।
बिहीबार नेकपा एकीकृत सामाजवादी निकट अनेरास्ववियूले जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई ज्ञापनपत्र बुझाएको हो। गाडीहरूले मनोमानी भाडा लिएको पाइएकाले त्यसलाई रोक्न माग गर्दै अनेरास्ववियू डडेल्धुराका कार्यवहाक अध्यक्ष हेमन्त पन्तले प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई ज्ञापनपत्र बुझाएका हुन्।
‘ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका यातायात व्यवसायीहरूले क्षमताभन्दा बढी यात्रुहरू बोक्ने र आफ्नो मनोमानी तरिकाले भाडा असुली आम जनताको ढाड सेक्ने गरेको पाइएकोमा अनेरास्ववियू डडेल्धुराको गम्भीर ध्यानाकर्षण भएको छ’ ज्ञापनपत्र उल्लेख छ।
विद्यार्थीहरूलाई यातायात व्यवसायीहरूले यात्रु टिकटमा ३३ प्रतिशत छुटको व्यवस्था गरिनुपर्ने अनेरास्ववियुले माग गरेको छ। यसका साथै यातायात व्यवसायीहरूले यात्रुहरूलाई नियमित रूपमा टिकट दिनुपर्ने माग पनि अनेरास्ववियुको छ।
मागहरू कार्यान्वयनमा सम्बन्धित निकायले पहल नगरे अनेरास्ववियू डडेल्धुरा जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको ज्ञापनपत्रमार्फत् चेतावनीसमेत दिइएको छ।
ज्ञापनपत्र