Radio Unity 92.2MHz

लायंस क्लब सल्लाघारीले जित्यो वडास्तरीय भलिबलको उपाधि

डडेल्धुराः लायंस युवा क्लब सल्लाघारीले अमरगढी नगरपालिका–१ मालममा सम्पन्न वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार भएको फाइनल खेलमा आयोजक बसन्तपुर युवा क्लब मालमलाई ३–१ को सेटमा हराउँदै लायंसले उपाधि उचालेको हो।

उपाधिसँगै लायंसले २० हजार रुयैयाँ नगदसहिद मेडल पुरस्कार पनि पाएको छ। दोस्रो भएको बसन्तपुर युवा क्लबले १२ हजार पाएको छ। प्रतियोगितामा तेस्रो भएको वडा नम्बर ८ ले ७ हजार पुरस्कार पाएको छ।

बसन्तपुर युवा क्लब मालमले आयोजना गरेको प्रतियोगितामा अमरगढी नगरपालिकाभित्रका १० टिमको सहभागिता रहेको थियो। क्लबका कार्यबहाक अध्यक्ष सुरत तमोलीले प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

शनिबारदेखि सुरु प्रतियोगिताका खेलहरू लटेश्वर आधारभूत विद्यालय मालमको प्राङ्गणमा भएका थिए।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।