Radio Unity 92.2MHz

डडेल्धुरा महोत्सव : माटो परिक्षण सेवा शिविर सञ्चालन

डडेल्धुरा: ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं पाँचौं डडेल्धुरा महोत्सव’मा माटो परिक्षण सेवा शिविर सञ्चालन भइरहेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई, कृषि ज्ञान केन्द्र डडेल्धुरा र तरकारी जर्मप्लाजम सम्बद्र्धन तथा विउ उत्पादन केन्द्रको आयोजनामा माटो परिक्षण सेवा शिविर सञ्चालन भइरहेको हो।

‘पाँचौं डडेल्धुरा महोत्सव’मा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनी कार्यक्रममा माटो परिक्षण सेवा शिविर सञ्चालन भइरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए।

उनकाअनुसार इच्छुक कृषक, कृषि समुह, कृषि सहकारी र कृषि फर्महरूले फागुन १० गतेभित्र माटोको नमुना पठाइसक्नु पर्नेछ।

किसानले खेती गरिरहेको माटो पुर्खौंदेखी प्रयोग भइरहेको तर त्यसको उपचार नभएकोले माटो परिक्षण सेवा शिविर सञ्चालन भइरहेको तरकारी जर्मप्लाजम सम्बद्र्धन तथा विउ उत्पादन केन्द्रका प्रमुख लक्ष्मणदत्त भट्टले जानकारी दिए।

डडेल्धुरामा पहिलेभन्दा अहिले गाईबस्तुको मल कम प्रयोग हुने भएकाले पनी माटोको उत्पादन शक्ति कम भइरहेको कृषि विकास निर्देशनालय दिपाल डोटीको तथ्याङ्कले समेत देखाएको छ।

विउ उत्पादन केन्द्रका प्रमुख भट्टका अनुसार माटोको जाँच गरायो भने त्यसको अवस्था के छ भनेर बुझ्न सकिन्छ।

विरामी भएको भए अर्थात उत्पादन शक्ति कमजोर भएको भए त्यसको उपचार गर्ने विधी कृषि प्राविधिकले कृषकलाई जानकारी दिने गरेका छन्। जिल्ला स्तरीय कृषि मेला प्रदर्शनी कार्यक्रममा कृषकहरूले उत्पादन गरेका कृषि सामग्री समेत राखिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...