Radio Unity 92.2MHz

दोस्रो ‘अमरगढी हाफ म्याराथन’ : टेकेन्द्र र ज्योती प्रथम

डडेल्धुराः दोस्रो ‘अमरगढी हाफ म्याराथन’ दौड प्रतियोगितामा पुरुषतर्फ सिभिलका टेकेन्द्र चन्द र महिलातर्फ आर्मीका ज्योती राना प्रथम भएका छन्।

रणबम गण, दह व्यारेक डडेल्धुराको आयोजनामा आज भएको दोस्रो संस्करणको अमरगढी हाफ म्याराथनमा पुरुषतर्फ सिभिलका टेकेन्द्र चन्दले एक घण्टा २५ मिनेट ५ सेकेन्ड र आर्मीका ज्योती रानाले ३९ मिनेट ३७ सेकेन्डमा निर्धारित दुरी पार गरेर प्रथम स्थान हासिल गरे।

पुरुषतर्फ २१ किलोमिटर र महिलातर्फ १० किलोमिटर म्याराथन आयोजना गरिएको थियो।

यस्तै, पुरुषतर्फ आर्मीकै नरेशसिंह बोहराले दास्रो स्थान हासिल गरे। उनले निर्धारित दुरी एक घण्टा २७ मिनेट १० सेकेन्डमा पार गरे।

आर्मीकै रामसिंह पालले तेस्रो स्थान हासिल गर्दा शुरीराम लुहारले सान्त्वना स्थान हासिल गरे। पाल र लुहारले निर्धारित दुरी क्रमशः एक घण्टा २९ मिनेट २ सेकेन्ड र एक घण्टा २९ मिनेट ४० सेकेन्डमा पार गरे।

यस्तै, महिलातर्फ आर्मीकै सरिता बडालले दास्रो स्थान हासिल गरिन्। उनले निर्धारित दुरी ५१ मिनेट १ सेकेन्डमा पार गरिन्।

आर्मीका बिमला खड्काले तेस्रो स्थान हासिल गर्दा अनिता रावलले सान्त्वना स्थान हासिल गरिन्। खड्का र रावलले निर्धारित दुरी क्रमशः ५१ मिनेट १९ सेकेन्ड र ५१ मिनेट ३१ सेकेन्डमा पार गरिन्।

महाशिवरात्रि र सेना दिवसका अवसरमा ‘अमरगढी किल्ला संरक्षण तथा सम्बद्र्धन’ भन्ने नारासहित हाफ म्याराथन आयोजना गरिएको रणबम गणले जनाएको छ।

अमरगढी नगरपालिका, किल्ला विकास समिति र जिल्ला खेलकुद विकास समितिसँगको सहकार्यमा उक्त प्रतियोगिता आयोजना गरिएको हो।

म्याराथनमा महिला पुरुष गरि १२० जनाको सहभागिता रहेको थियो भने वाकाथनमा ४० जनाको सहभागिता रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...